चौरजहारी नगरपालिकामा 'कल सेन्टर' स्थापना

 भदौ १७, २०७९ शुक्रबार ११:२७:३० | राजु लामिछाने
unn.prixa.net

रुकुम – नगरवासीलाई आपतकालीन सेवाको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र (कल सेन्टर) स्थापना गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालीन सेवाको सहजता र प्रभावकारीताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालीन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार यस सेवाको लागि सर्वसाधारणले ९८५८०६७२११ मोबाइल नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नेछन् ।

नगर प्रमुख पुष्प बादीले यस कार्यले सर्वसाधारणलाई आपतको बेलामा स्थानीय सरकारले साथ दिन सक्ने विश्वास लिएको बताउनुभयो । बिरामी अथवा कुनै आपत विपदको बेलामा नगरवासीले स्थानीय सरकारलाई जानकारी गराउन समेत नगरप्रमुमख बादीले अनुरोध गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया