कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा लकडाउन

 भदौ १७, २०७९ शुक्रबार १३:७:२६ | एजेन्सी
unn.prixa.net

कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा फेरि लकडाउन गरिएको छ । त्यहाँको प्रशासनले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

लकडाउनका कारण छङ्तु शहरका २ करोड भन्दा धेरै मानिस घरबाहिर निस्कन नपाउने भएका छन् । छङ्तुका हेल्थ कमिशन निर्देशक याङ चियोङले सङक्रमण दर तीव्र रुपमा फैलिरहेको र जोखिम उच्च रहेको बताउनुभएको छ । साथै जोखिम क्षेत्रहरु बढ्न थालेकाले खाना र सामान प्याकिङ गरेर लैजानेबाहेक अन्य गतिविधि बन्द गरिएको छ ।

छङ्तुमा पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संङक्रमण पुष्टि भएको थियो । कोभिड शून्य सहनशीलताको नीति लिएको चीन सरकारले सामूहिक परीक्षणलाई तीव्र पारेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया