अगस्ट महिनामा ४१ हजार ३ सय जना पर्यटक नेपाल आए

 भदौ १७, २०७९ शुक्रबार १६:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – गएको अगस्ट महिनामा ४१ हजार तीन सय चार जना पर्यटक हवाई माध्यमबाट नेपाल आएका छन् । अगस्ट महिनामा नेपाल आएका पर्यटकमध्ये १८ हजार आठ सय ५२ जना अर्थात् ४५ दशमलव ६ प्रतिशत सार्क राष्ट्रका नागरिक रहेका छन् भने बाँकी अरू देशका रहेका नेपाल पर्यटन बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।

यस वर्षको अगष्ट महिनामा नेपाल आएका पर्यटकको सङ्ख्या कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को भन्दा ४४ प्रतिशतले कमी हो । सन् २०१९ मा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल आएका थिए । महामारीका कारण सन् २०२० र २१ मा भने पर्यटकको सङ्ख्या निकै कमी थियो । २०२० को अगस्टमा दुई सय ५६ जना र २०२१ को अगस्टमा पाँच हजार नौ सय १७ जना पर्यटक नेपाल आएका थिए ।

अगस्ट महिनामा युद्धग्रस्त युक्रेनबाट ७७ जना र युक्रेनमा आक्रमण गरिरहेको रुसबाट दुई सय ४९ जना पर्यटक नेपाल आएका छन् । पर्यटन व्यवसायमा सेप्टेम्बरदेखि नयाँ सिजन सुरु हुन्छ । यस सिजनका लागि पर्यटकको अग्रिम बुकिङले उत्साहजनक भएको व्यवसायीहरूले बताएका छन् । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया