राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक गर्ने तयारी

 भदौ १८, २०७९ शनिबार ८:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आउँदो मङ्सिरमा सार्वजनिक गर्ने तयारी भैरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको छ । अब भक्तपुर, काभ्रे, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र बाँकी छ । यी जिल्लाको समेत तथ्याङ्क प्रशोधन गरी मङ्सिर अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ पनि आवश्यक छानबिन गरी गणना प्रक्रियालाई अन्तिम रूप दिन लागिपरेको विभागले जनाएको छ । विभागले यसअघि भर्चुअल माध्यमबाट गएको माघमा जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरी नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया