भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

 भदौ १९, २०७९ आइतबार ७:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ ।

नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ ।

दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लाग्नु भएको हो ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मान ग्रहण गर्नु भएको थियो । मानार्थ महारथी सम्मान राष्ट्रपतिले प्रदान गर्ने चलन छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया