अमेरिकामा हवाई जहाज नै चोरी, ५ घण्टा उडाएपछि जानाजान दुर्घटना गराइदिने धक्की

 भदौ १९, २०७९ आइतबार १४:४६:७ | एजेन्सी
unn.prixa.net

संयुक्त राज्य अमेरिकामा हवाई जहाज नै चोरेर उल्टै दुर्घटना गराइदिने धम्की दिएका एक व्यक्ति पक्राउ परेका छन् । उत्तर–पूर्वी मिसिसिपीको टुपेलो सहरमा हवाई जहाज चोरेर उडाउने र दुर्घटनाको धक्की दिने कोरी वायन पिटरर्सनलाई प्रहरीले पक्राउ गरेको हाे ।  

ती व्यक्तिले हवाई जहाजलाई घण्टौँसम्म घुमाएर वालमार्ट स्टोरमा जानाजान दुर्घटना गराउने धक्की दिएका एनडीटीभीले जनाएको छ । मिसिसिपीका गभर्नर टेट रिभ्सले ठूलो प्रयासले जहाज सामान्य अवस्थामै अवतरण गराइएको र कोही पनि घाइते नभएको बताउनुभएको छ । 

धेरै बेरसम्म उडाएपछि उनले जहाजलाई एक सुपर मार्केटमा लगेर ठोक्काइदिने धम्की दिएका थिए । उनले धम्की दिएपछि प्रहरीले एम्बुलेन्स, दमकल, उद्धारकर्तालगायत सबै स्रोत–साधन तयारी अवस्थामा राखेको थियो । बिचक्राफ्ट किंग एअर ९० विमान पाँच घण्टाभन्दा बढी समयसम्म उडेको थियो ।

पाइलटको धम्कीपछि टुपेलो प्रहरी विभागले नागरिकलाई टाढा रहन आग्रह गरेको थियो । स्थानीय पत्रिका डेली जर्नलले विमान चोर्ने व्यक्ति टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको बताएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया