पर्यटन मन्त्रीलाई दुर्व्यवहार गरेको भन्दै छाया सेन्टरका सुरक्षा गार्ड पक्राउ, ‘मन्त्री भनेर चिनाउँदासमेत मुख छाडे’

 भदौ १९, २०७९ आइतबार १५:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा ठमेलको छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् ।

छाया सेन्टरमा रहेको भिसा सेन्टरमा एक कामले पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षा गार्डले भित्र छिर्न नदिएको र मन्त्रीका सुरक्षा गार्ड तथा सहयोगीले ‘उहाँ मन्त्री हो’ भनेर चिनाउँदासमेत दुर्व्यवहार गरेकाले पक्राउ गरिएको प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले उज्यालोलाई जानकारी दिनुभयो । 

‘सहयोगीले उहाँ मन्त्री हो, प्रक्रिया पुर्‍याएर आएका छौँ, भित्र जान दिनुहोस् भन्दा पनि सुरक्षा गार्डले मुख छाड्ने तथा अभद्र व्यवहार गरेका रहेछन्’, डीएसपी चुडालले भन्नुभयो । मन्त्रीलाई दुर्व्यवहार भएपछि उहाँको तर्फबाट प्रहरीमा उजुरी परेको र पक्राउ गरेर वृत्तमा ल्याइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान गरिने चुडालले जानकारी दिनुभयो । 

‘मन्त्री के कति कामले छाया सेन्टर जानुभएको भन्ने खुलेको छैन, त्यहाँ विभिन्न देशमा जानका लागि भिसा सेन्टरसमेत रहेकाले भिसाको कामले गएको हुन सक्छ’, डीएसपी कोपिला चुडालले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया