सुरक्षागार्ड पक्राउ घटनामा सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह

 भदौ २०, २०७९ सोमबार ९:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड पक्राउ परेको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ ।

लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई मन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको भन्दै तीव्र आलोचना हुन थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यो घटना लाइनमा नबसेको कारणले नभइ आफ्नो अङ्गरक्षकमाथि दुर्व्यवहार गरिएको कारणले भएको दाबी गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्र हुन लागेको भन्दै सजक हुन पनि आग्रह गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘छायाँ सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिक्रिया स्वाभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभइ म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिक्रिया दिन र सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’

गएको शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड शेरजङ्ग गुरुङले लाइनमा बस्न आग्रह गर्नुभएको थियो । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया