नेपालकाे शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमकाे हुनुपर्छ : प्रचण्ड

 भदौ २०, २०७९ सोमबार १३:३२:४३ | सुनिता महताे
unn.prixa.net

फाइल तस्बिर

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमकाे हुनुपर्ने बताउनुभएकाे छ । 

आज सोमवार महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको भवन शिलान्यास सामारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षालाई सीपसँग जोडेर नेपाली शिक्षालाई विश्वस्तरमा पुर्‍याउनुपर्ने आवश्यक रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रो शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्छ । नेपालमा पनि सीप र आर्थिक विकासको पाटोसहितको शिक्षा हासिल गर्ने शिक्षालयको स्थापना हुनु आवश्यक छ । तसर्थ बहुप्राविधिक शिक्षालयको अहम् भूमिका रहेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले निर्मल लामा बहुप्राविधिक शिक्षालय मधेस प्रदेशमा मात्र सीमित नभइ यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बाेधमाया यादव, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया