संसद्को कार्यकाल बढाउने गरी बनेको विधेयकप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

 भदौ २०, २०७९ सोमबार १६:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले संसद्को कार्यकाल चुनावपछिसम्म हुने गरी सघीय संसदमा पेस भएको विधेयकप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

आयोगले आज साेमवार एक विज्ञप्ति निकालेर प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको चुनावको मितिलाई आधार मानी गणना गर्दा फरक–फरक मितिमा चुनाव भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा भनिएको छ ।  

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल गणना गर्ने आधारसमेत खुलाइ आयोगले दिएको परामर्शका आधारमा चुनावको मिति तोकी तयारीको कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकालका सम्बन्धमा अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय नदेखिने जनाएको छ ।

आउँदो मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले सङ्घीय संसद् तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगसमेत परामर्श गरी जारी गरेको निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको पनि विज्ञप्तिमार्फत स्मरण गराएको छ । सरकारले नयाँ संसद्ले काम नथालेसम्म अहिलेकै संसद्को कार्यकाल सक्रिय रहिरहने व्यवस्थासहित कानुन संशोधन गर्ने तयारी गरेको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया