थुनामा रहेका गुरुङले पर्यटनमन्त्रीसँग गल्ती महसुस गरे, रिहा गर्न गृह मन्त्रालयलाई आग्रह

 भदौ २०, २०७९ सोमबार १७:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेकाे कसुरमा थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्रीसँग गल्ती महसुस गर्नुभएको छ । 

पर्यटनमन्त्रीको सचिवालयले आज साेमवार विज्ञप्ति निकालेर गुरुङले मन्त्रीसँग आफूले गल्ती गरेको महसुस गरेको जनाएको छ । गुरुङले गल्ती महसुस गरेकाले पर्यटनमन्त्री श्रेष्ठले उहाँलाई रिहाइका लागि गृह मन्त्रालयसँग आग्रह गरेको पनि सचिवालयले जनाएको छ । 

पर्यटनमन्त्रीको आग्रहपछि गृहमन्त्री खाणले प्रक्रिया पुर्‍याएर गुरुङलाई रिहा गर्न काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिनुभएको छ । 

मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको भन्दै ठमेलको छाया सेन्टरमा रहेको  भिसा सेन्टरका सुरक्षा गार्डलाई शुक्रवार प्रहरीले पक्राउ गरेको थियो । गुरुङले भने मन्त्रीलाई लाइनमा बस्न अनुरोध गर्दा उल्टै आफूमाथि दुर्व्यवहार भएको गुनासो थियो । विवादका क्रममा आफ्ना अङ्गरक्षकलाई धकेलेको र आफूलाई पनि लाइनमा हुँदा हुँदै दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठले आरोप लगाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया