संसद्को कार्यकाल लम्ब्याउने प्रस्ताव खारेज गर्न सत्तारुढ दल कांग्रेसबाटै संशोधन दर्ता

 भदौ २१, २०७९ मंगलबार ७:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको  कार्यकाल चुनावपछि पनि कायम रहने गरी कानुन संशोधन गर्न ल्याइएको विधेयकको प्रावधान खारेज गर्न सत्तारुढ दल कांग्रेसले नै संशोधन दर्ता गरेको छ ।

कांग्रेसका सांसद प्रकाश रसाइलीसमेतको संशोधनमा कार्यकालसम्बन्धी प्रस्तावित व्यवस्था नै हटाउन माग गरिएको छ । सरकारले अहिलेको प्रतिनिधि सभाको कार्यकाल अबको चुनावमा निर्वाचित भएर आउने सभाको पहिलो बैठकसम्म कायम हुनेगरी शुक्रवार विधेयक दर्ता गरेको थियो ।

प्रस्तावको चौतर्फी आलोचना भएपछि सत्तारूढ  दलभित्रको परामर्शअनुसार सरकारले यो व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ । सांसद रसाइलीले पार्टीभित्र छलफल गरी संशोधन दर्ता गरिएको बताउनुभएको छ । त्यस्तै अर्का सांसद गगन थापाले पनि कार्यकाल लम्ब्याउन नहुने भन्दै विधेयकमाथि संशोधन दर्ता गर्नुभएको छ ।

नेकपा एमालेले पनि कार्यकाल लम्ब्याउन नहुने भन्दै संशोधन दर्ता गरिसकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रताव आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स‌ंसदमा छलफल गरेर निर्णय हुने बताउनु भएकाे छ । 

बैठकमा संशोधन राख्ने सांसदहरुले आफ्नो संशोधनमाथि बोल्नेछन् । सांसदले उठाएका विषयमा मन्त्रीले जवाफ दिएपछि संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । यसअघि हिजो निर्वाचन आयोगले संसद्को कार्यकाल चुनावपछिसम्म हुने गरी सङ्घीय संसदमा पेस भएको  विद्येयकप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

आयोगले विज्ञप्ति निकालेर प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको चुनावको मितिलाई आधार मानी गणना गर्दा फरक फरक मितिमा चुनाव भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा भनिएको छ । 

आयोगले  चुनावको  मिति तोकी तयारीको काम भइरहेको अवस्थामा प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकालका सम्बन्धमा अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय नदेखिने जनाएको छ । आउँदो मसिर ४ गते सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको मिति घोषणा गरेको छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया