नवलपरासीबाट एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

 भदौ २१, २०७९ मंगलबार ९:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याउँदै गएको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ना ३ ख ५१६८ नम्बरको ट्रकबाट १ करोड २६ हजार नौ सय ९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद भएको हो ।

ट्रकमा लुकाएर ल्याइएको बिलविनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उहाँले जानकारी दिनुभयो । बरामद गरिएका सामान र ट्रक चालकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको पनि पाठकले जानकारी दिनुभयो।

तस्बिर : जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे फेसबुक

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया