प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

 भदौ २१, २०७९ मंगलबार १६:५५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा अस्ति आइतवार नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेले आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा द्विपक्षीय हित, नेपाली सेना र भारतीय सेनाबीच भइरहेको सहकार्य, भावी योजनालगायतका विषयमा कुराकानी भएको छ । नेपाल र  भारतका सेनाबीचको सम्बन्ध सुमधुर रहेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले थप सहकार्यमा जोड दिनुभएको छ ।

यसैबीच भारतीय सेनाध्यक्ष पाण्डेले आजै बिहान माउन्टेन फ्लाइट गर्नुभएको थियो । यस्तै शिवपुरीको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण तथा तालिम गरिरहेका सैनिक कमान्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।

पाण्डे भोलि बुधवार मुक्तिनाथ जाने र पोखराको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने तालिका रहेको छ । पाण्डेलाई हिजो साेमवार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिसक्नुभएको छ । 

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया