डेंगी परीक्षणमा मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी

 भदौ २२, २०७९ बुधबार ८:४८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डेंगी परीक्षणका लागि मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय आज पनि छलफलमा जुट्दै छ ।

हिजो  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच भएको छलफलमा  एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको थिएन । शुल्क  निर्धारण अघि आज पनि छलफल हुने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेंगी परीक्षण शुल्कमा एकरूपता ल्याउन छलफल भईरहेको बताउनुभयो । काठमाण्डौ उपत्यकालगायत देशैभर डेंगीको प्रकोप बढ्दै जाँदा प्रयोगशाला र अस्पतालले परीक्षण शुल्कमा मनपरी रकम असुल्न थालेका छन् ।

सरकार मातहत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत डेंगी परीक्षण शुल्क आठ सय रुपैयाँ तोकिएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालले भने पाँच सय रुपियाँमा नै डेङ्गु परीक्षण गराउने गरेका छन् । त्रिवि शिक्षण अस्पतालले डेङ्गु परीक्षणको शुल्क ९ सय ६० रुपैयाँ लिने गरेको छ । प्राइभेट क्लिनिकमा ४ बजेपछि आउने बिरामीको हकमा भने एक हजार दुई सय रुपैयाँ लिने गरेको छ।

यस्तै निजामती अस्पतालमा आठ सय, पाटन अस्पतालमा एक हजार पाँच सय, भक्तपुर अस्पतालमा ७ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन् । तर, यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतकै निकायले महँगो शुल्क लिँदा बिरामी भने मर्कामा परेका छन् । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया