१२ सय करोड बराबरको लागुऔषधसहित दिल्लीमा दुई जना अफगान नागरिक पक्राउ

 भदौ २२, २०७९ बुधबार १३:११:७ | एजेन्सी
unn.prixa.net

भारतको दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको जनाएको छ । झण्डै १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसैगरी उनीहरूबाट १० किलो हेरोइन समेत बरामद भएको छ । आरोपीहरू नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ परेका हुन् । सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठूलो मात्रा दिल्लीमा ल्याइने गरेको सूचनापछि पक्राउ गरेको दिल्ली प्रहरीले जानकारी दिएको छ । दुई अफगानी नागरिकलाई पक्राउ गरेपछि लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारबारे थप खुल्ने र यसबारेमा अनुसन्धान भैरहेको खबरमा उल्लेख छ ।

दिल्ली प्रहरीकाे स्पेशल सेलले अहिले बरामद गरिएकाे मेथाम्फेटामाइन इतिहासमै सबैभन्दा धेरै रहेकाे जनाएकाे छ ।

 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया