सन्दीपले क्यानलाई भने : म सीपीएल खेलेर फर्किन्छु, कानुनी उपचारमा सहयाेग हाेस्

 भदौ २३, २०७९ बिहिबार १४:२७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट सङ्घ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ।

उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । अहिले क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुगेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका क्यानका सचिव प्रशान्त मल्लले बताउनु भयो ।

उहाँले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको रे प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिनुभयो ।

फोनवार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा प्रोफाइलिस्ट वकिल खोजिदिन आग्रह गरेको बताउनु भयो । उहाँले यसबारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यसबारेमा जानकारी गराएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग कुनै सहयोग अहिलेसम्म नमागेको उल्लेख गर्दै यदि गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो राति क्यानले नै सम्पर्क गर्यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भने । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन भन्ने कुरा भयाे । क्यानले सहयोग गर्नुपयो । कानुनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भनेका छन् । म सीपीएल म्याच सकेर फर्किन्छु भनेका छन् । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भनेका छन् । प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आईसीसीले के हुनसक्छ भने । मैले केस लागेपछि त्यहीअनुसार कानुनअनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आईसीसी गम्भीर बनेको छ । मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ ।’

क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेलाई बुधवार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ । एक १७ वर्षीया युवतीले आफूलाई क्रिकेटरले जबरजस्ती करणी गरेको भन्दै मङ्गलवार बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया