नक्कली कागजात बनाएर अरूको 'ट्रायल' दिने ५ जना पक्राउ

 भदौ २३, २०७९ बिहीबार १६:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नक्कली कागजात बनाएर अरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिने पाँच जना भक्तपुरबाट पक्राउ परेका छन् । 

मध्यपुर थिमिको राधेराधे इजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेशपत्र बनाएर अरू व्यक्तिको ट्रायल दिने पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

पक्राउ पर्नेमा सिन्धुलीको दुधौलीका मनिष श्रेष्ठ, टुल्कुसिँह तामाङ र मनिष लामिछाने, कालीकोटका इन्द्रबहादुर शाही  र गोरखाका राजकुमार श्रीमल रहेका छन् । उनीहरूलाई लिखितसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया