५ दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

 भदौ २३, २०७९ बिहीबार १८:४७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली सेना

काठमाण्डाै – भारतका स्थल सेनाध्यक्ष जनरल मनाेज पाण्डे नेपालकाे पाँच दिने भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएकाे छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज बिहीवार स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको छ । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परालाई निरन्तरता दिन सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई त्याे सम्मान प्रदान गर्नुभएको थियो । 

भ्रमणकै क्रममा जङ्गी अड्डामा प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्षबीच औपचारिक भेटवार्ता भएको थियो । भेटवार्तामा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भ्रमणका क्रममा मङ्गलवार रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले शिवपुरीमा रहेकाे सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरामा रहेकाे नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टरको समेत भ्रमण गर्नुभएको थियो । उहाँले भारतबाट सहुलियतरूपमा आएको २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैन्य सामग्रीसमेत हस्तान्तरण गर्नुभएको थियो  ।

भारतीय सेनाध्यक्षकाे भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया