भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै - सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । हिजोको बैठकमा नै सहमति गर्ने भनिए पनि दलहरुका आआफ्नै अडानका कारण कुनै निष्कर्ष निस्कन सकेन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिको धरै नजिक पुगिसकेकाले सार्वजनिक गर्न मात्रै बाँकी रहेको बताउनु भएको छ । मधेसका ३२ सिटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको धेरै दाबी देखिएपछि पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा किचलो बढेको छ ।
दुवै दल मधेसमा पहिलो शक्ति बन्ने दाउमा छन् । सङ्गठन र जनाधार बलियो रहेको मधेसमा धेरै सिट पाउनुपर्ने जसपाको अडान छ । तर, धेरै सिट लिएर लोसपालाई पनि सँगै लिएर जाने कांग्रेसको रणनीति छ ।
मधेसका आठ जिल्लाका ३२ सिटमध्ये जसपा एक्लैले २० सिटमा दाबी गरेको छ । जसपाले अस्वाभाविक दाबी गरेको भन्दै गठबन्धनका अन्य दल यसलाई मान्न तयार छैनन् । गएको वैशाखमा भएको पालिका चुनावमा ठूलो दल भएकाले धेरै सिट आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।