गुल्मीमा चितुवाकाे आक्रमणबाट एक जना घाइते, प्रतिरक्षा गर्दा चितुवा मर्याे

 भदौ २६, २०७९ आइतबार १३:३४:३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा चितुवाकाे आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाकाे आक्रमणबाट रेसुङ्गा नगरपालिका-६ निनीचौर बस्ने वर्ष ३० का यमबहादुर कुँवर घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आज बिहान आफ्नै घरमा रहेको कुखुराको फार्ममा जाने क्रममा अचानक चितुवाले कुँवरलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच केहीबेर घम्साघम्सी भएको थियो।

चितुवाले आक्रमण गर्दा कुँवरको हात र खुट्टामा चोट लागेको छ । कुँवरले प्रतिरक्षा गर्दा चितुवा मरेकाे छ । चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पाच्यले जानकारी दिनुभएको छ।

चितुवाले कुँवरको फार्ममा साना र ठूला गरी ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभएको छ । पछिल्लो समय गुल्मीका ग्रामीण भेगहरुमा चितुवाको त्रास बढ्दै गएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया