कपनमा बाढी आउने बित्तिकै सबैभन्दा धेरै गाली मैले खान्छु : गगन थापा

 भदौ २६, २०७९ आइतबार १४:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गर्नुभएको छ । 

आज आइतवार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गर्नुभएको हो । उहाँले धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने उल्लेख गर्नुभयाे । 
महामन्त्री थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउनासाथ सबैभन्दा धेरै गाली आफूले खाने गरेको पनि गुनासाे गर्नुभयाे । अहिले कोरिडोर क्षेत्रमा दुई आना र पाँच आना जग्गामा सयौँ घर बनेकाले ती घरकाे संरक्षण गर्ने गरी 'मास्टर प्लान' बनाउन उहाँकाे सुझाव छ ।  

उहाँले भन्नुभयो, ‘धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाएर गरिदिनुपर्छ । कोरिडोर क्षेत्रमा भएका कामहरू अब बन्ने आयोजनाअन्तर्गत आउनुपर्छ । यो क्षेत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु ।’

महामन्त्री थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरू वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरूको समेत संरक्षण कसरी गर्ने भन्नेबारेमा सोच्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया