पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार लगातार आज (आइतवार) पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८ विन्दुमा झरेको छ ।
अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से दिनदिनै घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आउन थालेको छ । गएको वर्षको साउनमा एकै दिन साढे २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको नेप्सेमा अहिले दैनिक एक अर्ब रुपैयाँको समेत कारोबार हुन छाडेको छ । आज दुई सय २१ वटा कम्पनीकाे २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको तीन करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सानिमा म्युचल फन्ड र छ्याङ्दी हाइड्रोको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । आज मैलुङखोला जलविद्युत् कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।