तालाबन्दीका कारण त्रिविका शिक्षक, कर्मचारीले तलब–भत्ता पाएनन्

 भदौ २७, २०७९ सोमबार १४:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले तालाबन्दीका कारण तलब भत्ता बुझ्न नपाएको तथा सरुवा/बढुवा पनि ठप्प भएको गुनासो गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न १३ वटा शाखाले आज साेमवार सामूहिक विज्ञप्ति निकालेर विश्वविद्यालयलाई सधैँका लागि शान्ति क्षेत्रका रूपमा विकास गर्न पहल गरिदिन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीका न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवम् दैनिक प्रशासनिक कार्यहरू सहजरूपमा सञ्चालन गर्न कठिन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला यथाशीघ्र खोली आर्थिक तथा प्रशासनिक काम सञ्चालन गर्न सहयोग गरिदिन पनि उनीहरूले आग्रह गरेका छन् ।

विश्वमा पहिचान राख्दै आएको त्रिभुवन विश्वविद्यालयलाई जोगाइ राख्न स्वच्छ र शान्त वातावरणमा अध्ययन, अध्यापन र अनुसन्धान हुन त्यहीअनुसारको वातावरण आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया