पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेर राताम्मे भएको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९ अङ्कले घटेर एक हजार नौ सय १२ दशमलव ६९ अङ्कमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से घटेकाे दिन दुई सय २२ वटा कम्पनीकाे २६ लाख १३ हजार कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड सात लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ । समग्र बजार घटे पनि आज युनाइटेड मर्दी हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।