दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले 'नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक' प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको नागरिकता विधेयक संविधान र संसदीय सर्वोच्चताको मान्यताको आधारमा पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुको विकल्प नरहेको उहाँको तर्क थियो ।
सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नका लागि औजारको रूपमा आएको नागरिकता विधेयक राष्ट्रपतिबाट दोस्रो पटक पनि प्रमाणीकरण नभए देशमा दुर्भाग्यपूर्ण अवस्था आउने चेतावनीसमेत दिनुभयो । याे विधेयकमा संविधानको धारा ११ को उपधारा ३ कार्यान्वयनको मात्रै व्यवस्था गरिएकाले त्यसलाई राष्ट्रपति भण्डारीले पहिलो पटक पुनर्विचार गर्न पाउने व्यवस्था भए पनि दोस्रो पटक त्याे सुविधा नभएको पनि उहाँले पटक–पटक दोहोर्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘नागरिकता विधेयककाे विषयलाई लिएर देशमा अहिले राजनीतिक विभाजन वा राजनीति गर्न खोजिएको छ । त्यो दुर्भाग्यपूर्ण हो । त्यस विधेयकमा अरू केही पनि छैन । जम्माजम्मी जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने भनेर हाम्रो संविधानको व्यवस्था धारा ११ को उपधार ३ अनुसार व्यवस्था गरिएको छ ।’
अध्यक्ष त्रिपाठीले नागरिकता विधेयकमा गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक अन्य अधिकार दिने गरी नागरिकता दिने व्यवस्था पनि संवैधानिक भएकाले त्यसलाई अन्यथा ठान्ने र राजनीति गर्न नहुने बताउनुभयो । उहाँले प्रतिनिधि सभाका लागि निर्वाचित सांसद रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई तत्काल रिहा गर्न सरकारलाई दबाब दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।