दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई कार्यालयमा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ । डेङ्गी रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज एक सूचना निकालेर सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गर्नुभएको हो ।
मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो । साथै डेङ्गी सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न पनि डा. अधिकारीले आग्रह गर्नुभएको छ । मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश, जिल्ला र पालिकासँगको समन्वयमा डेङ्गी सार्ने लामखुट्टको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ ।
केही समययता देशभर डेङ्गीका बिरामी बढ्दै गएका छन् । गएको साउनदेखि अहिलेसम्म आठ हजार तीन सय २७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।