लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बाढीको जोखिम, तीन दिनसम्म सतर्कता अपनाउन आग्रह

 भदौ २९, २०७९ बुधबार ७:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा अहिले घाम चर्किएको छ । तर, दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार आज वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो । यस्तै, आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

यसैबीच, आजदेखि पर्सि शुक्रवारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भइ बहने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । यी क्षेत्रमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने तथा तथा केहीमा नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रहरू तथा तराईको डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया