रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ताको तयारी

 भदौ २९, २०७९ बुधबार ९:३९:९ | एजेन्सी
unn.prixa.net

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो ।

चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा कोरोना भाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति पुटिनलाई भेट्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ । भेटमा उहाँहरुबीच रुस–युक्रेन युद्ध र ताइवान मामिलाबारे पनि छलफल हुने अनुमान गरिएको छ ।

साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्वेकिस्तान पुगेर सीले पुटिनसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भोलिदेखि सुरु हुने दुई दिने सम्मेलनमा उज्वेकिस्तान, कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान, इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया