राष्ट्रपति भण्डारीद्वारा ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त

 भदौ २९, २०७९ बुधबार १८:१७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गर्नु भएको छ । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बालबालिकाहरुको साहित्य र कला प्रस्फुटन गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिइरहेका र काम गरिरहेका संस्थाहरु दर्जनौँ रहेको उल्लेख गर्दै आभार समेत व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले बालबालिकाहरुको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘बाल साहित्य सम्बन्धी छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भनेर हामीले सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौं । त्यसमा नेपाल बाल संगठन, किताब चारुजस्ता अरु थुप्रै दर्जनौं संस्थाहरु छन्, जसले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिइराखेका छन् । काम गर्ने प्रयास गरिरहेका छन् । सबै जनाले त्यसमा पनि चासो राख्दाखेरी हुन्छ भन्ने मलाई लाग्दछ ।’  

त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझि त्यही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गर्नु भयो । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।

राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आउनु भएको छ । उहाँले ठाउँ अलि सानो भएकाले बालबालिकाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कठिनाई भएको आफूलाई अनुभूति भएको पनि बताउनु भयो । यस वर्ष सरकारले सो दिवसको मूल नारा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरेको छ ।  

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया