चीनसँगको रसुवागढी नाका खुला : आजदेखि सामान आयात हुने, निर्यातमा भने अन्योल

 भदौ ३०, २०७९ बिहीबार ७:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुलेको छ । हिजो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराउनुभएको थियो । चान्सुको जानकारीसँगै आजदेखि रसुवागढी नाका खुलेको हो ।

कोरोना महामारीलाई कारण देखाएर चीनले बेलाबेला नाका बन्द गर्दै आएको छ । जसका कारण चीनबाट आयात हुने सामग्री प्रभावित भएका थिए भने निर्यात ठप्प रहेको थियो । अब नाका खुल्ने सन्देश प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले जानकारी दिनुभयो । तर नेपालबाट निर्यातका विषयमा भने चिनियाँ पक्षले अझै स्पष्ट जवाफ नदिएको पौडेलले बताउनुभयो ।

चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नुपरेको व्यापारिक नाका सङ्क्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको उहाँले बताउनु भएकाे छ । यस्तै, सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ ।

चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । नेपाली पक्षले दुईतर्फी रूपमा नाका खुला हुनुपर्ने माग गर्दै आएको छ तर चिनियाँ पक्षले कुनै प्रतिक्रिया नदिएको खनालले बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया