थप १ सय २६ जनामा काेराेना सङ्क्रमण

 भदौ ३०, २०७९ बिहिबार १७:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ९० जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै २४ घण्टामा एक सय ३७ जना सङ्क्रमित निको भएका छन् । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा दुई हजार एक सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

२४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाे विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक २१, २०८०

तपाईको प्रतिक्रिया