तीन दिन पश्चिमी क्षेत्रका नदीमा बहाव बढ्न सक्ने : १६ जिल्ला उच्च जोखिममा

 भदौ ३१, २०७९ शुक्रबार ११:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - अबको तीन दिनसम्म पश्चिमी क्षेत्रका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन भनेको छ ।

महाशाखाका अनुसार अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यानलगायत १६ जिल्ला उच्च जोखिममा छन् । महाशाखाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि अनुरोध गरेको छ ।

देशको पश्चिमी भू–भागका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो । ती नदीमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया