दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढी बजारसहित नगर क्षेत्रमा सुर्ती र प्लास्टिक बिक्री, वितरणमा रोक लगाएको छ।
चालु आर्थिक वर्षलाई ‘सरसफाइ वर्ष’ का रूपमा मनाउन लागेको धनगढी उपमहानगरले आजदेखि सुर्तीजन्य वस्तु र प्लास्टिक निषेध गरेको हो।
बजारमा उपभोग भएका सुर्ती, खैनी, जर्दा पान, पानपराग, गुट्खा, प्लास्टिकका वस्तु गिलास, कप, प्लेट, झोला नगर क्षेत्रको समस्याका रूपमा देखिएकाले यस्ता वस्तुलाई विस्थापित गर्न निषेध गरिएको धनगढी उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।
धनगढी उपमहानगरले सार्वजनिक क्षेत्र, सडक, खोलानाला, नालीमा फाेहर नफाल्न पनि नगरवासीलाई आग्रह गरेको छ । यस्तै सडकपेटीमा निर्माण सामग्री, ठेला, पसल नराख्न र जथाभाबी पशुचौपाया नबाँध्न पनि आग्रह गरिएको छ ।
खोलानालामा फाेहर मैला फ्याँक्नेलाई पहिलो पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार रुपैयाँ जरिबाना गरिने धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।