शेयर बजार दाेहाेराे अङ्कले घट्दै १९ सय विन्दुभन्दा तल झर्‍याे

 असोज २, २०७९ आइतबार १५:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

नेप्से परिसूचक घटेकाे दिन दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

आज बलेफी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया