बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि अन्तर्गत शवयात्रा चल्दै

 असोज ३, २०७९ सोमबार १८:३५:५३ | एजेन्सी
unn.prixa.net

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अन्तर्गत शवयात्रा भइरहेको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार समारोहपछि महारानीको शव पेटिकालाई लन्डन हाइड पार्क कोर्नरमा रहेको वेलिङ्टन आर्चमा लगिँदैछ । बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध छन् । शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा रहेको घडी बिग बेनको घण्टी एक–एक मिनेटको फरकमा बजिरहेको छ ।

यसअघि वेस्टमिन्स्टर एबीमा उहाँको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी तानेर लगेका थिए ।

अन्त्येष्टिमा सहभागी हुन महारानीका सबै पूर्वप्रधानमन्त्रीहरू, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोन लगायत सयौँ व्यक्ति उपस्थित छन् । वेस्टमिन्स्टर एबीमा महारानीको जन्म भएको थियो । उहाँको विवाह पनि यहीँ भएको थियो । त्यहीँ ठाउँमा १९५३ मा राज्याभिषेक भएको थियो । अन्त्येष्टि समारोह पनि त्यही ठाउँमा भइरहेको छ ।

७० वर्ष शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया