दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा ज्यान गएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई हिजो बेलुका बन्दुकधारी समूहले गोली हानेको थियो ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ । गोठाटारमा रहेको व्यस्त सडकमा बा ६ च ५१५२ नम्बरको कारबाट निस्किएका मोहम्मदमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले गोली प्रहार गरेका थिए ।
घटनापछि प्रहरीले घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको छ । आक्रमणकारी भाग्न सक्ने सबै नाकामा प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ । केही वर्षअघि नक्कली भारुको कारोबारमा संलग्न भएको अभियोगमा जेल परेका मोहम्मद केही वर्षपछि छुटेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जेलबाट छुटेपछि मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।