शेयर बजार आज पनि ओरालाे लाग्याे, ३८ अङ्कले घटेर राताम्मे

 असोज ४, २०७९ मंगलबार १५:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।  

आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक घटेकाे दिन दुई सय ३१ वटा कम्पनीको ३८ लाख ५६ हजार कित्ता शेयर एक अर्ब २२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको पाँच करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया