पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डडेल्धुरा – जिल्लाको परसुराम नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका खुल्न आएको छ । अनन्ते मेला हेरर घर आउने क्रममा असोज ९ गते राति युवती बलात्कृत भएकी हुन् ।
परशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।
आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको प्रहरीको भनाई छ ।
पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । फरार जोशीको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ ।
Nhuchhe Nemkul
Aug. 23, 2020, 1:04 a.m.संचारकर्मीकाे काम नभएर हाे कि अरू समाचार नभएर हाे यस्ता २ वर्ष वित्न लागेका कुरालाई पनि हाइलाइत समाचारकाे रूपमा मेडियामा आउँछन् ?
सुनद खडका
Sept. 29, 2018, 5:16 p.m.डडेलधुरा मा १५ बर्सिया किशोरी माथी भएको सामुहिक बलात्कार घटना प्रती दु ख: ब्यक्त गर्दै यस्ता बलात्कार का घटना यक पछि अर्को घटना दोहिरिरहेको छन् ।आखिर किन त यो देसमा बिधिको शासन छैन राज्य किन निकम्मा भएको हो? यो सम्मबन्धी राज्य ले राज्य का सबै तह कुना कन्दरा सम्म यौन सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गर्न आबश्यक छ।
महेन्द्र सुवेदी
Sept. 29, 2018, 3:19 p.m.लाग्छ,बलात्कारका घटना पहिला पनि नघटेका हाेईनन् सायद अहिलेकाे समयमा बढी सँख्यामा खुल्न अाएका मात्र हुन्।पहिला सायद ईज्जतकाे सवाल हुन्थ्याे अचेल महिला सुरक्षाकाे र न्यायकाे बढी खाेजी हुन थालेकाे छ। #फरक