शेयर बजार झन्डै १० अङ्कले घट्यो, साढे ६५ करोड रुपैयाँको कारोबार

 असोज ६, २०७९ बिहिबार १५:२१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बुधवार बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीकाे २५ लाख ४२ हजार कित्ता शेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया