वीर अस्पताल अगाडिका औषधि पसलमा काठमाण्डाै महानगरले डाेजर चलायाे

 असोज ६, २०७९ बिहिबार १५:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज बिहीवार दिउँसो डोजर चलाएको हो ।

अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाएकाेले डोजर चलाउनुपरेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो । तर सूचनाको बेवास्ता गरेर नहटाएकाले डोजर लगाएर खाली गर्न सुरु गरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले गएकाे भदौ ६ गतेदेखि सडक मिचेर बनेका संरचना र पसललगायतका संरचना हटाउँदै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया