दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणको लागि परमादेशको माग गर्दै अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सुनिल रञ्जन सिंह, अधिवक्ता सागर बराल, विजय पोखरेल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी सौगातराज बराल, काठमाण्डौ स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले संयुक्त रुपमा तथा मोरङको रङ्गेली नगरपालिकाका देव शर्माले रिट दायर गरेका छन् ।
सङ्घीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको व्यवस्था विपरीत राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरि संविधानलाई नै मिच्ने कार्य गरेको रिटमा दाबी गरिएको छ ।
सरकारले दुवै सदनबाट पास गरेर पठाएको नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले १५औँ दिनमा प्रतिनिधि सभालाई सन्देशसहित फिर्ता पठाउनुभएको थियो । त्यसपछि सरकारले राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै विधेयकलाई फेरि दुवै सदनबाट बहुमतबाट पास गरेर भदौ २० गते राष्ट्रपतिलाई प्रमाणीकरणको लागि पठाएको थियो । त्यसको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि समर्थन र आलोचना दुवै भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।