आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा एक लाख रुपैयाँ जित्ने अवसर

 असोज ७, २०७९ शुक्रबार १७:३३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीहरुको महान चाडको अवसरमा फोनपेले दशैँमा १० दिन र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत प्रयोगकर्ताहरुले हरेक दिन आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्न सक्नुहुनेछ । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । 

यसको साथै यही असोज १४ गते पर्ने आईएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिकतम एक सय रुपैयाँ) पनि प्राप्त गर्न सक्नुहुनेछ ।

आईएमई पे र फोन पेबीच भएको सम्झौतामा यस्तो अवसरको व्यवस्था गरिएको हो । सम्झौता पत्रमा आईएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष श्री आमोद भट्टराई तथा फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट म्यानेजर श्री रुशान्त श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया