कांग्रेस संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

 असोज ८, २०७९ शनिबार १८:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कांग्रेस पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । 

शनिबार काठमाण्डौमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले त्याे निर्णय नसच्याएपछि पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी चुनावको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले समानुपातिकतर्फको टिकट वितरणको सूचि तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दवाव दिनु भयो ।

अर्का नेता भुपेन्द्रजंग शाहीले आउँदाे चुनावको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढने चेतावनी दिनुभयो । उहाँले पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा चुनाव लड्ने घोषणा समेत गर्नु भयो ।

नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको चुनावको सूचि पार्टी सभापति शेरबहादुर देउवाले आउँदाे असोज १६ गतेसम्म नसच्याए आफूहरु विद्राेह गरेर अघि बढन बाध्य हुने बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया