१० हजार रुपैयाँ पारिश्रमिक दिएर अरिङ्गालको गोलाे पोलियो,  भोलि बिहानै तार जोड्न सुरु हुने

 असोज ८, २०७९ शनिबार १९:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गाेलाे विद्युत् प्राधिकरणले मान्छे लगाएर पोलेको छ । 

तीन जना मान्छेलाई पारिश्रमिक दिएर आज बेलुका अरिङ्गालको गाेलाे पोलिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनुभयो । 

‘तीन जनाले गाेलाे पोल्नुभएको छ, अब भोलि बिहानदेखि हामीले तार जडानको काम थाल्छौँ ’ लोहनीले भन्नुभयो । उनीहरुले मागेअनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएको प्राधिकरणले जनाएको छ ।

अरिङ्गालको गोलोका कारण काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको थियो । 

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिङ्गालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मुख्य ठाउँ) जडान गर्न समस्या भएपछि प्राधिकरणले अरिङ्गाल पोल्ने मान्छेको समेत खोजी गरेको थियो  । 
 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया