दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताले चुनावी आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज आइतवार निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आचारसंहिता पालना गर्ने विषयमा हस्ताक्षरसमेत गरेका छन् ।
आचारसंहितामा प्रतिबद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसहित राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा पुगेका थिए ।
आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । लागू गर्नुअघि नै आयोगले दलहरूबाट प्रतिबद्धता लिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।