मनास्लु हिमालमा हिमपहिरो, उद्धार चल्दै

 असोज १०, २०७९ सोमबार १४:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

मनास्लु आधार शिविर, तस्बिर : पूर्णिमा श्रेष्ठ

काठमाण्डाै – मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो । 

उहाँले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डाैबाट सामागाउँमा हेलिकप्टर पठाएको बताउनुभयो । सामागाउँ उत्तरी गोरखाको गाउँ हो । 

यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभएको छ । गोरखाको मनास्लु हिमाल आरोहणका लागि यो सिजनमा ३८ वटा अरोहण दलका चार सय चार जनालाई अनुमति दिएको छ । जसमा ९७ जना महिला र तीन सय सात जना पुरुष रहेका छन् । 

मनास्लु हिमाल शरदयाममा आरोहणका लागि लोकप्रिय मानिन्छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घटनास्थलमा टाेली गइरहेको जनाएकाे छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया