हिमाली जिल्ला सोलुखुम्बुमा डेंगी संक्रमण बढ्दै, प्रदेश सरकारले पठायो परीक्षण कीट

 असोज ११, २०७९ मंगलबार ११:६:३५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लामा डेंगीसँग मिल्दोजुल्दो लक्षण भएकाहरुमा गरिएको परीक्षणमध्ये ३३ दशमलव ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला अस्पताल फाप्लुको ल्याबमा अहिलेसम्म रगत परीक्षण गराएका १८ जनामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयाे । उहाँका अनुसार संक्रमण पुष्टि हुने मध्ये ५ जनालाई अस्पतालमा भर्ना नै गरेर उपचार  गरिएको थियो । संक्रमित सबै पुरुष रहेको अस्पतालले जनाएको छ ।

जिल्लामा डेंगी संक्रमण बढ्न थालेसँगै स्वास्थ्य कार्यालयले पालिकास्तरमै परीक्षणलाई तिब्रता दिने बताएको छ । जसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले १५० थान परीक्षण कीट पठाएको सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयाे । प्राप्त कीटहरु ल्याब भएको स्वास्थ्य संस्थाहरुमा पठाइने कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया