४ दिनभित्र २ पटक मनास्लु हिमाल आरोहण

 असोज ११, २०७९ मंगलबार १७:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कीर्तिमानी आरोही सानु शेर्पाले चार दिनभित्र दुई पटक मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । गएको बिहीवार मनास्लुको शिखरमा पुगेका शेर्पा चार दिनपछि हिजो साेमवार पनि शिखरमा पुग्नुभएको हो ।

आज मङ्गलवार काठमाण्डौ आइपुग्नुभएका शेर्पाले चार दिनभित्रै दुई पटक मनास्लु हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । गोरखामा रहेको मनास्लु हिमाल आठ हजार एक सय ६३ मिटर अग्लो छ । हिमपहिरोको उच्च जोखिम रहेको मनास्लु हिमाललाई 'किलर माउन्टेन' को रूपमा पनि चिनिन्छ ।

मनास्लुमा हिजो पनि हिमपहिरोमा परि एक जनाको ज्यान गएको छ । आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटै हिमालको दोहोर्‍याएर आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । 

तस्बिर : शेर्पाकाे फेसबुकबाट

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया