कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍यायाे : मन्त्री बडु

 असोज ११, २०७९ मंगलबार १९:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको जिकिर गर्नुभएकाे छ । 

मङ्गलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावलीलगायतका पर्वहरूको अवसरमा काठमाण्डाैमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन सत्तारूढ पार्टीले दुई पटक संसद् विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताउनुभयो । देशको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर देशको नेतृत्व दिनुपरेको उहाँकाे भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘देश र संविधानलाई बचाउन बन्यो गठबन्धन । हामी प्रतिपक्षमा छँदै थियौँ । हामीले हो र भत्काएको ? तर यो भत्किँदा देशमा स्थिरताका लागि र संविधान खतरामा पर्न नदिन कांग्रेस कहाँ छ भनेर खोज्नु परेन ? फेरि लिड गर्‍याे र हामी बचाउँदै छौँ ।’

मन्त्री बडूले कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍याएकाे जिकिर गर्नुभयाे । कांग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया